१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Thursday, 03 July, 2025
Invalid date format १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५o:oo

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१०, मटिअर्वामा घरेलु विवादका कारण श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

कलैया–१०, मटिअर्वाका ३५ वर्षीय बच्चा मियाँले आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई मासु काट्ने दाउ (खुर्पाजस्तो हतियार)ले टाउको र घाँटीमा प्रहार गरी हत्या गरेका हुन्। सहिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

प्रहरी चौकी मटिअर्वाबाट खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर बच्चा मियाँलाई हत्यामा प्रयोग गरिएको दाउसहित नियन्त्रणमा लिएको छ। हाल उनलाई प्रहरी चौकी मटिअर्वामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक सुरेशराज भट्टको कमान्डमा अनुसन्धान टोली खटिएको छ भने घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) विजयराज पण्डितका अनुसार घरेलु विवादका कारण घटना घटेको प्रारम्भिक अनुमान गरिएको छ।

मृतकको शव घरमै रहेको र कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण संकलन भइरहेको र आवश्यक अनुसन्धानपछि थप कानुनी कारबाही प्रक्रिया अघि बढ्नेछ।