
मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २८.९१ अंक (१.०९ प्रतिशत)ले बढेर दुई हजार ६६०.३९ jlन्दुमा कायम भएको हो।
‘क’ वर्गका कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.३७ प्रतिशतले वृद्धि भएको छ। आज ३०९ कम्पनीका एक करोड ५७ लाख ६४ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा सात अर्ब तीन करोड ३० लाख ५० हजार रुपैयाँबराबरको कारोबार भएको छ।
नेप्सेका १३ उपसमूहमध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूह एक प्रतिशतभन्दा कमले घट्दा बाँकी समूह बढेका छन्। लगानी र लघुवित्त दुई प्रतिशतभन्दा धेरैले उकालो लाग्दा बैंक, विकास बैंक, जलविद्युत, जीवन बिमा र निर्जिवन बिमा समूह एक प्रतिशतभन्दा धेरैले बढेका छन्। बाँकी समूह एक प्रतिशतभन्दा कमले बढेका छन्।
सामुदायिक लघुवित्त, न्यादी हाइड्रोपावर नौ प्रतिशतभन्दा धेरैले बढ्दा बरुण हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र सपोर्ट माइक्रोफाइनान्स आठ प्रतिशतभन्दा धेरैले उकालो लागेका छन्।
सबैभन्दा धेरै घटेको युनिलिभर नेपालका लगानीकर्ताले दुई प्रतिशतभन्दा धेरै गुमाएका छन्।