१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाेंगबुमा पानी बोक्ने २८ गाडीको अनुगमन : ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा गराउन प्रशोधित पानीको सेवा दिने व्यवसायीका २८ वटा सवारीसाधनको अनुगमन गर्दा ४४ वटा जार मापदण्डविपरीत भेटिएका छन् ।

काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले आज गोंगबु बसपार्क क्षेत्रमा गरेको अनुगमनका क्रममा कुच्चिएका, फुटेका र अपारदर्शी जार भेट्टाइएको हो । यी जारहरू जफत गरियो । जफत जारहरू नष्ट गर्न महानगर प्रहरी बललाई जिम्मा लगाइएको छ । पानी बोक्ने सवारीसाधनको अनुगमनका विभिन्न कम्पनीका जार भेटिएको थियो । 

अनुगमनका क्रममा त्रुटि पाइएका पानी उत्पादक कम्पनीहरूलाई मापदण्डविपरीत प्रशोधित पिउने पानीको जार बिक्री–वितरण नगर्न, जारमा स्पष्ट विवरण खुलेको लेबल राख्न, कम्पनीले जारी गरेको बिल–बिजक गाडीमै लिएर हिँड्न निर्देशन दिइएको छ । यो निर्देशनसँगै पानीजन्य संक्रमणबाट जनस्वास्थ्यमा आउन सक्ने खराब अवस्था हुन नदिन संवेदनशील रहन आग्रहसमेत गरिएको छ ।