१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामहरि खतिवडाले सभामुखलाई भने– निजामती सेवा विधेयकका शब्द फेरबदल गर्ने जोकोही भए पनि कारबाही गराैँ

छानबिनमा आफू नै दोषी भए पनि कारबाही भोग्न तयार छु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरेसमक्ष आग्रह गरिएको जानकारी दिएका छन् ।  

 सिंहदरबारपरिसरमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति खतिवडाले भने, ‘विधेयकको दफा ८२ को (४) को व्यवस्थालाई पछिबाट (५) को (क) खण्डित गर्ने दफा थपेको देखिएकाले त्यसको छानबिनका लागि सभामुखलाई अनुरोध गरेका छौँ ।’ समितिले उक्त दफामा सेवानिवृत्त कर्मचारीले अवकाश पाएको वा राजीनामा गरेको दुई वर्षसम्म कुनै पनि संवैधानिक र कूटनीतिक निकायमा नियुक्त नहुने व्यवस्था गरेको थियो । 

 प्रतिनिधिसभाबाट आइतबार पारित संघीय निजामती सेवा विधेयकमा केही शब्दमा भएको फेरबदल गर्ने जोकोही भए पनि कारबाही गर्नुपर्ने जिकिर गर्दै सभापति खतिवडाले छानबिनमा आफू नै दोषी भए पनि कारबाही भोग्न तयार गरेको बताए । समितिले गरेको निर्णयविपरीत प्रतिनिधिसभामा उक्त विधेयक पेस गर्दा खासगरी ‘कुलिङ पिरियड’का शब्दमा गरिएको फेरबदललाई आफूहरूले गम्भीर रूपले लिएको उनले बताए । 

‘कानुन बनाउने संसद्ले हो, संसद्ले नभए कसले बनाउने हो, यो गल्ती कसले गरेको हो भनेर छानबिन गरी कारबाही गर्न माग गरेका छौँ,’ सभापति खतिवडाले भने। यही विषय उठेपछि समितिको आजको बैठक बस्न सकेन ।