१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एफएनसिसिआई कार्यकारिणी सदस्यमा तीन मनोनीत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५o:oo

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीनजना व्यवसायी मनोनीत भएका छन । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विधानको व्यवस्थाअनुसार राजकुमार न्यौपाने, सरस्वती राई र कमलकुमार श्रेष्ठलाई सदस्यमा मनोनीत गरेका हुन् ।

सदस्यमा मनोनीत न्यौपाने महासंघका पूर्वकेन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हुन् । श्रेष्ठ महासंघका पूर्वकेन्द्रीय कार्यकारिणी सदस्य एवं सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा राई नेपाल हब्र्स एन्ड हर्बल उत्पादक संघका अध्यक्ष एवं महासंघको महिला उद्यमी विकास समितिका उपसभापति हुन् ।