१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १२:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मोरङको धनपालथानमा पाँचवर्षीया बालिकाको रहस्यमय हत्या 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १२:५७:oo

घरको ओछ्यानबाट हराएकी मोरङको धनपालथानकी एक पाँचवर्षीया बालिकाको रहस्यमय हत्या भएको छ। धनपालथान गाउँपालिका–६, बबियाविर्तानिवासी अक्षय सरदारकी छोरी पाँचवर्षीया छोरी आत्तिका सरदारको रहस्यमय हत्या भएको हो। अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका राति ३ बजेतिर बेपत्ता भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो। 

बालिकाको शव घरबाट करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालयको बाहिर बाटोको छेउमा वीभत्स अवस्थामा फेला परेको मोरङ प्रहरी प्रवक्ता डिएसपी कोपिला चुँडालले बताइन्। प्रहरीका अनुसार आत्तिका शुक्रबार आमाबुवासँगै घरमा सुतेकी थिइन्। तर, शनिबार बिहान उनी ओछ्यानमा नभेटिएपछि आमाबुबाले नजिकै रहेको प्रहरी चौकीमा खबर गरेका थिए। खोजी गर्ने क्रममा प्रहरीले बालिकाको शव अनुहार, घाँटी र  शरीरका विभिन्न भागमा चोट भएको अवस्थामा  फेला पारेको थियो। 

घटना रहस्यमय भएकाले इलाका प्रहरी रंगेलीले गहन अनुसन्धान गरिरहेको छ। बालिकाको शव मेडिकल परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ।