१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १४ शनिबार
  • Saturday, 28 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १४ शनिबार २o:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद

डिभाइन इलाइट फुटबल एकेडेमीको उद्घाटन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १४ शनिबार २o:४५:oo

डिभाइन इलाइट फुटबल एकेडेमी (डिइएफए) को उद्घाटन भएको छ। काभ्रे धुलिखेल–१२, ब्रिकल्यान्डमा प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्की, नेपाली सेनाका उपरथी चोकबहादुर ढकाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य विकासनारायण श्रेष्ठलगायतले एकेडेमीको उद्घाटन गरेका हुन्। 

नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय जर्ज प्रिन्स र जिलेस्पीजंग कार्की सञ्चालक रहेको डिभाइन लाइट एकेडेमीमा माध्यामिक तहसम्मको पढाइ हुँदै आएको छ। स्कुलले पढाइसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको स्कुलका अध्यक्ष गोपालबहादुर कार्कीले बताए। उनले एकेडेमीबाट आफ्ना दुई छोराजस्तै खेलाडी उत्पादन गर्ने योजना सुनाए। ‘मेरा दुवै छोराले पनौतीको खेतबारीमा खेलेर अन्तर्राष्ट्रिय सहभागिता जनाउँदै देशको शिर उँचो बनाएका छन्। अब एकेडेमीले यस्तै खेलाडी उत्पादन गर्नेछ,’ उनले भने।
  
एकेडेमी उद्घाटनसँगै स्कुल प्रांगणमै करिब १३ आना जग्गामा सेभेन ए साइट फुटसल सञ्चालनमा आएको छ। एकेडेमीमा खेलाडीले बिहान तथा साँझ दैनिकी प्रशिक्षण गर्नेछन्। 

उद्घाटन क्रममा नेपाल राष्ट्रिय टिम र पूर्वखेलाडीबिच प्रतिस्पर्धा भएको थियो । राष्ट्रिय टिमबाट मनीष डांगी, रोहन कार्की, एरिक विष्ट, मणिकुमार लामा, अनन्त तामाङ, जिलेस्पी र लाकेन लिम्बू खेलेका थिए । यस्तै, पूर्वखेलाडीबाट विराज महर्जन, बिकेश कुथु, बिक्रम लामा, राजेन्द्र तामाङ, जर्ज प्रिन्स, नवयुग श्रेष्ठलगायत खेलाडी थिए। यो खेल ९–९ को बराबरीमा सकिएको थियो। 

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले डिभाइन एलाइट एकेडमीलाई ६–३ ले हरायो। त्रिभुवन आर्मी क्लबको भेट्रान्स टिमले काभ्रे जिल्ला फुटबल संघलाई ७–५ ले हराएको थियो।