१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 28 June, 2025
प्रकाश पौडेल बर्दिया
Invalid date format o९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बर्दियामा जबर्जस्ती करणीको कसुरमा दुई जनालाई कैद सजाय

Read Time : < 1 मिनेट
प्रकाश पौडेल बर्दिया
नयाँ पत्रिका बर्दिया
Invalid date format o९:४७:oo

बर्दियामा जबर्जस्ती करणीको कसुरमा दुई जनालाई कैद सजाय फैसला गरेको छ । बर्दिया जिल्ला अदालतकोको असार १२ गतेको इजलासले जबर्जस्ती करणीको कसुरमा दुई जनालाई  कैद सजायको फैसला गरेको हो । 

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतका न्यायाधीश डल्लुराम  चौधरीको ०८२ असार १२ गते इजलासले  बारबर्दिया नगरपालिका– २ का २० वर्षीय विकास थारूलाई १८ वर्ष कैद सजाय,  ७ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र २८ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतकी शाखा अधिकृत अमृता केसीले बताइन् । 

त्यसैगरी १५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतका न्यायाधीश मनोज श्रेष्ठको ०८२ असार १२ गते इजलासले १५ वर्षीय बालकलाई ६ वर्ष कैद सजाय, २ लाख ५० हजार रुपियाँ जरिवाना, १० हजार रुपियाँ क्षतिपूर्ति र ७५ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको  अदालतकी शाखा अधिकृत अमृता केसीले बताइन् । 

कसुरदारले थारुले बालिकालाई ०८० फागुन १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन २० गते प्रहरीमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई फागुन २० गते पक्राउ  गरेको थियो भने कसुरदार बालकले बालिकालाई ०८० पुस १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुष १८ गते प्रहरीमा जाहेरी दिएको थियो । प्रहरीले आरोपितलाई पुस १७ गते पक्राउ गरेको थियो ।