१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १३ शुक्रबार १९:१o:oo
Read Time : < 1 मिनेट
समाचार

आर्थिक मामिलामन्त्रीमाथि आरोप लगाएको छैन : प्रदेश सांसद पहाडी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १९:१o:oo

नेपाली कांग्रेसका बागमती प्रदेश सदस्य रामकुमार पहाडीले बागमती प्रदेश सरकारका  आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेमाथि आफूले कुनै आरोप नलगाएको प्रस्टीकरण दिएका छन्। शुक्रबार नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै उनले संसदीय दलको बैठकमा मन्त्री काफ्लेमाथि बजेटका विषयमा कुनै आरोप नलगाएको बताएका हुन् । 

प्रेस विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘नयाँ पत्रिका दैनिकमा बागमती प्रदेशको आ.व. ०८२/८३ को बजेटका सन्दर्भलाई लिएर कपोलकल्पित, भ्रामक र दुराग्रहपूर्ण समाचार प्रकाशित भएकोमा आश्चर्यचकित भएको छु । नेका संसदीय दलको बैठकमा माननीय मन्त्री कुन्दनराज काफ्लेमाथि आरोप लगाएको भन्दै मेरो नामसमेत उल्लेख गरेर प्रकाशित समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। उक्त समाचारमा लेखिएका कुराहरू आपत्तिजनक छन् । ती समाचारमा कुनै सत्यता नभएको कुरा आमपाठकलाई जानकारी गराउन चाहन्छु ।’