१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १३ शुक्रबार
  • Friday, 27 June, 2025
२o८२ असार १३ शुक्रबार १२:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सबै मिलेर काउन्सिलको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्छ : सदस्य अर्याल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार १३ शुक्रबार १२:१२:oo

प्रेस काउन्सिल नेपालका सदस्य नकुल अर्यालले सबै मिलेर काउन्सिलको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। स्वतन्त्रता, आचारसंहिता र काउन्सिलको भूमिकालगायत विषयमा हेटौँडाका पत्रकारसँग भएको छलफलमा उनले प्रेस काउन्सिल पत्रकारिता क्षेत्रलाई नियमन गर्ने निकाय भएकाले पत्रकारबाट आएका सुझावअनुसार काम गर्दै जाने बताए ।

काउन्सिलको भूमिकालाई थप सशक्त बनाउनकै लागि सुझाव संकलन गर्ने उदेश्यले जिल्ला झरेको उनको भनाइ थियो । उनले छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै प्रेस काउन्सिलले ठाडो उजुरीका आधारमा नभई तथ्य हेरेर मात्रै पत्र काट्नुपर्ने र काउन्सिलमा आएका उजुरीका सम्बन्धमा समाचारमा चित्त नबुझेका विषयमा मात्रै खण्डन हुनुपर्ने स्पष्ट पारे ।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले संयुक्त रूपमा बनाएको पत्रकार आचारसंहिता सबैले पालना गर्नुपर्नेमा सदस्य अर्यालको जोड दिए। छलफलमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, सल्लाहकार अन्जली थापा, स्वतन्त्र पत्रकार संघका केन्द्रीय उपमहासचिव सुरेश श्रेष्ठलगायत उपस्थित पत्रकारहरूले काउन्सिलमा सुधारको आवश्यकता औँल्याएका थिए  ।

उनीहरूले पत्रपत्रिका वर्गीकरण, लोककल्याणकारी विज्ञापन, समाचार कपी गर्ने समस्यालगायतका विषयमा काउन्सिलको ध्यान पुग्नुपर्ने र सुधार हुनुपर्ने सुझाव दिएका थिए ।