
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट पारित भएको छ। आर्थिक वर्ष ०८२/८३ का लागि प्रस्तुत ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेश सभाबाट शुक्रबार बहुमतले पारित भएको हो।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले १ असारमा सरकारको तर्फबाट प्रदेश सभामा बजेट प्रस्तुत गरेका थिए। प्रदेश सरकारले चालूतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) बजेट विनियोजन गरेको छ।
बजेटमाथिको छलफलमा सत्तापक्षका केही र विपक्षी दलका सांसदहरूले मुख्यमन्त्री र मन्त्रीहरूले आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा मात्र धेरै रकम विनियोजन गरेको भन्दै बजेट सच्याउन माग गरेका थिए।