
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ ७ बजे बढैयाताल गाउँपालिका, ७ कण्ठपुरबाट आगुऔषध ब्राउन सुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका, १ चिसापानीका ३५ वर्षीय मानबहादुर सुनार र सोही ठाउँका २५ वर्षीय नरेश आचार्य रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम ब्राउन सुगर फेला पारेको छ।
पक्राउ परेका दुबै जनालाई बिहीबार बर्दिया जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिए।