१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
Invalid date format १३:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ठाउँठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:११:oo

निरन्तरको वर्षा विभिन्न ठाउँमा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ। राप्ती राजमार्गअन्तर्गत कपुरकोट–दाङ सडकखण्डको विभिन्न ठाउँमा पहिरो जाँदा शुक्रबार बिहानदेखि नै राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

कपुरकोट गाउँपालिका ३ को चोरखोला र दाङ तुलसीपुर उपमहानगरपालिकाको राम्री खण्डमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए । सल्यान–दाङ सिमानामा झरेको पहिरो हटाए पनि चोरखोलामा ठुलो पहिरो जाँदा सडक सञ्चालन हुन समय लाग्ने उनको भनाइ छ। वर्षात् भइरहँदा पहिरो हटाउन समस्या भएको खत्रीको भनाइ छ । 

बिहानैदेखि सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेको सयौँ गाडी बिचबाटोमा अलपत्र परेका छन्।