१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
तस्बिर : एबिपी न्यूज
Invalid date format १४:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतको अहमदावादमा विमान दुर्घटना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३५:oo

भारत गुजरातको अहमदावादमा विमान दुर्घटना भएको छ। मेघानीनगर आइजी परिसरमा विमान दुर्घटना भएको भारतीय संचारमाध्यमले जनाएका छन्। 

उक्त विमान एअर इन्डियाको रहेको दैनिक भास्करले जनाएको छ। एयर इन्डियाको बोइङ ७८७ ड्रिमलाइनर विमान उड्ने क्रममा विमानस्थलको पर्खालमा ठोक्किएर आगो लागेको हो।

अहमदावादबाट लण्डनका लागि उडेको विमानमा २४२ जना सवार थिए। जसमध्ये दुई पाइलट र १० जना क्याबिन क्रु रहेका टाइम्स अफ इन्डियाले जनाएको छ।

यात्रुहरुमध्ये १६९ जना भारतीय, ५३ जना बेलायती, सात पोर्चुगिज र एक क्यानडियन नागरिक रहेका एयर इन्डियालाई उदृत गर्दै बिबिसीले जनाएको छ। अहिलेसम्म मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भएको छैन।