१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 14 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४६:oo
Read Time : < 1 मिनेट
समाचार

कुलमान घिसिङलाई सर्लाहीमा नागरिक अभिनन्दन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४६:oo

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सर्लाहीका नागरिकले नागरिक अभिनन्दन गरेका छन्। बुधबार सर्लाहीको हरिवनमा उनलाई स्थानीय नागरिकले अभिनन्दन गरेका हुन्। 

कार्यक्रमको प्रमुख अतिथिमा स्थानीय समाजसेवी नारायणबहादुर खपांगी थिए। नागरिक अभिनन्दनको संयोजन भने धनबहादुर मिक्चनले गरेका थिए। उनलाई स्थानीय झाँकी, नेवार कल्चरसहित स्वागत गरेर दोसल्ला र ताम्रपत्रसहित नागरिक अभिनन्दन गरिएको थियो। देशमा लोडसेडिङ अन्त्य गरी विद्युत् प्राधिकरणमा सुधार गर्न भूमिका खेलेको भन्दै उनको अभिनन्दन भएको थियो। सरकारले गत चैतमा उनलाई प्राधिकरणबाट हटाएको थियो।