१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 13 June, 2025
दीपक भट्ट रामेछाप
Invalid date format o९:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिनाजुले गरे सालोको हत्या

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
Invalid date format o९:१९:oo

रामेछाप नगरपालिका– ४, हिमगंगा बोलङबोलङका विनोद भन्ने सोमबहादुर स्लामी मगरले आफ्नै सालो लवकुमार थापामगरलाई खुकुरी हानी हत्या गरेका छन् । 
मंगलबार  दिउँसो आफ्नै घरमा एक्लै बसिरहेको अवस्थामा सोमबहादुरले साला लवकुमारलाई पुरानो रिसइवीको कारण देखाउँदै खुकुरी र हम्बरले हानेर बीभत्स हत्या गरेका हुन् ।

हिजो रामेछाप नगरपालिकाको आयोजनामा सबै वडाहरूलाई बालमैत्री घोषणा कार्यक्रम रहेकाले उक्त कार्यक्रममा लवकुमारकी श्रीमतीलगायत गाउँका सबै मानिस त्यस कार्यक्रममा गएको मौका छोपी घरमा साना नानी हेरिरहेका लवकुमारलाई भिनाजुले खुकुरी हानी हत्या गरेका हुन् ।

सालाको हत्या गरेर भाग्दै गरेका सोमबहादुरलाई सिन्धुली प्रहरीले च्याखुटारबाट प्रक्राउ गरेको छ। घटनाको जानकारी पाएपछि हिजै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायब उपरीक्षक भोलाकुमार भट्टको नेतृत्वमा प्रहरी घटनास्थल पुगेको थियो । 

प्रहरीको टोलीले घटनास्थलको स्थलगत रिपाेर्ट तयार गरी मृतकको शव लिएर पोस्टमार्टमका लागि बुधबार (आज) बिहान सदरमुकाम मन्थली आउँदै गरेको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए। उनका अनुसार घटना घरायसी पुरानो रिसइवीका कारण घटेको देखिएको छ । यस विषयमा थप अनुसन्धान अघि बढाइएको छ ।