
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले ‘वीरतापूर्वक’ आत्मसमर्पण गरेको भन्दै कटाक्ष गरेका छन्।
सदन चलाउने विषयमा सत्तापक्ष र माओवादीबिच सहमति भएपछि बसेकाे शुक्रबारको प्रतिनिधिसभा बैठकमा लिङ्देनले यस्तो बताएका हुन्। ‘प्रमुख प्रतिपक्ष दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको सुन्न पाइयो, बहादुरीका साथ पछाडि हटेको सुन्न पाइयो। यो हुने नै यही थियो,’ उनले भने।
भिजिट भिसाबाट ५० लाखसम्म असुली गरेर माथिल्लो तहसम्म जाने तथ्यहरू सार्वजनिक भएकाे उल्लेख गर्दै लिङ्देनले प्रश्न गरे, ‘त्यो माथिल्लो तह भनेको को हो ? त्यो सहसचिवदेखि माथिको को हो ? मन्त्री नभएर को हो ? यो सरकारका प्रमुखहरू नभएर को हो ?’