१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 11 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o७:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रतिक्रियावादीविरुद्ध जुध्न तयार रहन वाइसिएललाई प्रचण्डको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o७:o२:oo

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीविरुद्ध वैचारिक रूपमा जुध्न तयार रहन वाइसिएललाई निर्देशन दिएका छन् । वाइसिएलका नवनिर्वाचित पदाधिकारीसँग सोमबार छलफल गर्दै प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्नु युवाको दायित्व भएको बताएका हुन् ।

‘प्रतिक्रियावादी, प्रतिगमनकारीहरूले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि उल्ट्याउन सकिन्छ कि भन्ने षड्यन्त्रमा पनि छन् । जनयुद्धको, माओवादी आन्दोलनको, वाइसिएलको, जनमुक्ति सेनाको भूमिकालाई अपमानित गर्ने कोसिस पनि भइरहेकै छन्,’ प्रचण्डले भने, ‘पार्टीको निर्देशनमा प्रतिक्रियावादीविरुद्ध वैचारिक रूपमा जुध्न तयार रहनुहोला ।’

यसैबिच, सोमबार नै आयोजित रिटर्नी सेन्टर नेपालको दोस्रो स्थापना दिवसमा प्रचण्डले अघिल्लो सरकारले सुरु गरेको रणनीतिक महत्वका कार्यक्रमलाई वर्तमान सरकारले हटाएको बताएका छन् ।

आर्थिक समृद्धिका लागि आफू नेतृत्वको सरकारले अघि सारेका महत्वपूर्ण कार्यक्रम हटाएकोमा प्रचण्डले असन्तुष्टि जनाए । समग्र आर्थिक विकासका साथै पिछडिएका वर्ग लक्षित कार्यक्रम अहिलेको बजेटमा हटाइएको उनले बताए ।