
पेरिसमा आयोजना भइरहेको फ्रेन्च ओपन सिंगलमा महिलातर्फको उपाधि अमेरिकन खेलाडी कोको गौफले जितेकी थिइन्। विश्व नम्बर १ खेलाडी अर्यान सबलेंकालाई स्तब्ध बनाउँदै उनले उपाधि जितेकी हुन्।
फाइनल खेलमा ६–७, ६–२ र ६–४ ले सेटमा सबलेंकालाई पराजित गरेकी हुन्। कोकोको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो। यसअघि उनले सन् २०२३ मा युएस ओपनको उपाधि जितेकी थिइन्।
फ्रेन्च ओपनमा सिंगल पुरुषतर्फका फाइनल खेल आइतबार जानिक सिनर र कार्लाेस अल्कारेजबिच हुँदै छ। विश्व र्याकिङमा सिनर १ नम्बर अल्कारेज १ नम्बरमा छन्।