१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार १४:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदूरपश्चिममा थप चारजनामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १४:२८:oo

 सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।  सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, महामारी सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार संक्रमण पुष्टि हुने सबै भारतबाट आएका पुरुष छन्। 

 त्रिनगर नाकामा तीनजना र एकजनाको झुलाघाट नाकामा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो। संक्रमितहरू कञ्चनपुर, अछाम र बझाङका रहेको जोशीले जानकारी दिए। उनले भने, ‘शंकास्पद व्यक्तिको एन्टिजेन किटमार्फत परीक्षण गर्दा पाँचजनामा कोभिड पुष्टि भएको छ, संक्रमितहरूलाई ‘होम आइसोलेसन’ बस्न भनिएको छ।’

 यसअघि शुक्रबार पाँच, बिहीबार एक र बुधबार तीनजनामा संक्रमण देखिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहतका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ।