१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २४ शनिबार
  • Saturday, 07 June, 2025
२o८२ जेठ २४ शनिबार १४:१९:oo
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

लहान नगरपालिकाको तीनवर्षे समीक्षा : व्यक्तिगत घटना दर्तादेखि एम्बुलेन्स, अपांगता र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ २४ शनिबार १४:१९:oo

जनसंख्या र भूगोलको हिसाबले जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तहको रूपमा रहेको सिराहाको लहान नगरपालिकाले चालूसहित पछिल्लो तीन आर्थिक वर्षको समीक्षा गर्दै व्यक्तिगत घटना दर्तादेखि एम्बुलेन्स, अपांगता र ज्येष्ठ नागरिकलाई निःशुल्क बस सेवा सञ्चालन गरिरहेको जनाएको छ। नगर सभाकक्षमा नगर प्रमुख महेशप्रसाद चौधरीले शनिबार बिहान पत्रकार सम्मेलनमार्फत आ.व.०७९/८०, ०८०/८१ र ०८१/८२ मा नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, सडक कालोपत्रे, धार्मिक, सांस्कृतिक व्यापार र खेलकुद क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरिएको बताए।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा नगर क्षेत्रमा जन्म, मृत्यु र विवाह दर्ता तथा नागरिकता सिफारिस दस्तुर निःशुल्क, मुसहर समुदायलाई किरियाखर्चबापत पाँच हजार रुपैयाँ नगद सहयोग, उपचार, प्रसूतिका लागि नगरस्थित स्वास्थ्य संस्थासम्मका लागि निःशुल्क एम्बुलेन्स सेवा र अपांग तथा वृृद्धवृद्धालाई निःशुल्क बस सेवा दिइरहेको उल्लेख छ। ‘निःशुल्क एम्बुलेन्स सेवाबाट एक हजार र करिब सात हजारभन्दा बढी अपांगत भएका तथा वृद्धवृद्धाहरूले निःशुल्क बस सेवा लिएका छन्,’ नगर प्रमुख चौधरीले भने। 

नगरपालिकाले हरेक महिनाको २२ गते फरक-फरक वडामा गर्भवती, सुत्केरी महिलालाई खाद्यान्नसहित पोषण प्याकेज खाद्यान्न वितरणअन्तर्गत अहिलेसम्म करिब चार हजारजना लाभान्वित भएको विज्ञप्तिमा उल्लेख छ। नगरका गरिब, विपन्न परिवारमा कसैको मृत्यु भएका दाहसंस्कार गर्न चार क्विन्टल दाउरा दिँदै आएको नगरपालिकाले करिब एक हजार दलित, विपन्न घरपरिवारलाई स्वच्छ खानेपानीका लागि  धारा जडान गर्न प्रतिपरिवार तीन हजार तीन सय २० रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

एक विद्यालय एक कम्प्युटर, मुसहर परिवारलाई घर
पछिल्लो तीन आवमा वडा स्तरीय योजनाअन्तर्गत २४ वटै वडालाई समान रुपमा ५०/५० लाख रुपैयाँ दिइँदै आएको जानकारी दिँदै नगर प्रमुखले शिक्षा क्षेत्रमा एक कक्षा, एक शिक्षक अन्तर्गत ५९ वटा समुदायिक विद्यालयमा एक सय २५ जना स्वयंसेवक शिक्षक व्यवस्थापन, एक विद्यालय, एक कम्प्युटर, हरेक विद्यालयका हरेक कक्षा कोठामा एक/एक थान गरी छ सय थान पंखा वितरण, बाल विकास, कार्यालय सहयोगी र लेखा कर्मचारीहरुलाई सात हजार रुपैयाँ तलब थप वृद्धि गरिएको बताए । 

नगर क्षेत्रमा १२ विद्यालयमा चार कोठे र दुई कोठे भवन निर्माण, आठ विद्यालयमा आइसिटी कार्यक्रम संचालन, ४० विद्यालयमा कम्पाउण्ड वाल, पुस्तकालय, विज्ञान प्रयोगशाला, ४० वटा बालमैत्री सुलभ शौचालय निर्माणसहित डेक्स बेञ्च वितरण गरिएको उनले बताए । उनका अनुसार हरेक वडामा मधुमेह, रक्तचापको नियमित जाँच तथा औषधि वितरण, ११, १२ र १६ नं. वडामा स्वास्थ्य चौकी भवन निर्माण, नगरको आर्थिक व्यवस्थापनमा दुई हजार भन्दा बढी जनाको मोतियाविन्दुको शल्यक्रिया र नौ हजार जनाको जाँच र औषधि वितरण गरिएको छ । 

कृषि क्षेत्रको व्यवसायीकरणका लागि किसानहरुको कृषि मिटरको महसूल नगरले तिरिरहेको, आँपको प्याकेजिङ र ब्राण्डिङ, चार सय किसानलाई ३५ हजार रुपैयाँको दरले एक करोड ४० लाख रुपैयाँ अनुदान, लहान १९, २०, २२ नं. वडामा ९५ लाख रुपैयाँको लागतमा कृषि विद्युतीकरण, १५ र १८ नं. वडामा चार पोखरी निर्माण, १३, १४ र २४ मा किसानहरुका लागि १० वटा डिप बोरिङ जडान थालनी, पोषण तथा व्यवसायिक खेतीका लागि एक हजार २५ जना कृषकको ९७ हेक्टर जग्गामा फलफूलका बिरुवा निःशुल्क वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, रैथाने धान, मकै खेतीका लागि ५० प्रतिशत अनुदानमा बीउ वितरण, एक सय ५० जना कृषकहरुलाई स्प्रेयर, च्याउको बीउ, च्याउको बीउ उत्पादकलाई प्लाष्टिकको थैलो, मुङ् खेती गर्ने किसानलाई अनुदानमा बीउ वितरण गरिएको छ । 

नगरको १२, १५, १३, २२, २० र २१ नं. वडाका एक सय ३४ घरधुरी मुसहर समुदायलाई दुई कोठा, भान्सा र शौचालयसहित घर हस्तान्तरण, ११, १२ र १६ नं. वडामा तीन वटा स्वास्थ्य चौकी भवन निर्माण, २, ३, ७, ८, ९, १०, ११, १२, १५, १६ र २० नं. वडामा वडा कार्यालय भवन निर्माण, लहान सपिङ् मल, दुर्गा मन्दिर, राम मन्दिर, आर्यघाट, नगर अस्पताल निर्माण भइरहेको छ । 

 दस ठाउँमा सडक कालोपत्रे, ४४ किलोमिटर पिसिसी
नगरपालिकाले विरनगर चोकदेखि राजदेवी मन्दिर, हुलाकदेखि सप्तऋषि अस्पताल, इलाका प्रशासन कार्यालयदेखि पूर्व पश्चिम लोकमार्ग, माधोपुरदेखि मोतीपुर चोक, गुदिगाउँदेखि बस्तीपुर मा.वि.सम्म सडक कालोपत्रे निर्माण सम्पन्न गरिएको र थाना चोकदेखि कटहा, सिंगराहीदेखि मारवाडी सेवा सदन, ग्रामीण चोकदेखि लक्ष्मीनिया मोड, विशाल होटलदेखि घण्टाघरसम्म सडक स्तरोन्नति, ३ नं. सडकको गोधुली होटलदेखि कुम्हाल टोल हुँदै जोशी चोकसम्म सडक स्तरोन्नतिको काम थालनी गरिएको छ । 

त्यस्तै, नगरका विभिन्न वडामा ४४ किलोमिटर पिसिसी, छ किलोमिटर आरसिसि सडक ढलान, ३२ किलोमिटर ग्राभेल सडक, सात हजार आठ सय ५४ मिटर आरसीसी नाला, इँटाको गारोबाट आठ सय मिटर नाला निर्माण, ११ वटा कल्र्भट, दुई सय १३ वटा ट्यूवेल जडान, ५१ वटा डिप बोरिङ्, एक सय ६६ कक्षा कोठा, छ सय ४५ वटा ग्रामीण विद्युतीकरण पोल जडान, ६३ सय मिटर बाउन्ड्री वाल निर्माण गरिएको नगरपालिकाले जनाएको छ। त्यसबाहेक विदेशबाट फर्किएका युवालाई ५० हजार बिउ पुँजी, महिला समूहलाई २५/२५ हजार आर्थिक सहयोग, गुडिया, टपरी, चप्पल, तरकारी खेती तालिममार्फत महिलालाई स्वरोजगारमा जोडिएको छ। लैंगिक हिंसापीडित १० महिलालाई राहत रकम प्रदान गरिनुका साथै दलित तथा गरिब विद्यार्थीलाई उच्च शिक्षाको लागि छात्रवृत्ति उपलब्ध गराइएको छ।