१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
Invalid date format १o:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हेटौंडामा २० करोड बढीको लागतमा खानेपानी योजना निर्माण हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१२:oo

हेटौंडा उपमहानगरपालिका र संघिय सरकारको सहलगानीमा हेटौंडामा २० करोड रुपैयाँभन्दा बढिको लगानीमा खानेपानी योजना निर्माण हुने भएको छ । उपमहानगरापलिकाको ९, १४ र १५ नम्बर वडालाई लक्षित गर्दै सिमलटार–रातोमाटे खानेपानी योजना निर्माण हुन लागेको हो । 

योजना निर्माणका लागि हेटौंडा उपमहानगरपालिका, संघीय खानेपानी योजना र निर्माण पक्ष बिच त्रिपक्षीय सहमति पत्रमा हस्ताक्षर समेत भएको छ।उपमहानगरपालिका कार्यालयमा भएको सम्झौतामा नगर प्रमुख मीनाकुमारी लामा, संघीय खानेपानी योजना प्रमुख पुर्णप्रसाद उपाध्याय, हेटौंडा खानेपानी बोर्डका अध्यक्ष प्रताप बिष्ट र निर्माण पक्ष जयमाता सुप्रीम जेभीका कृष्णहरी चौलागाईले हस्ताक्षर गरेका छन् ।

ठेक्का सम्झौता अनुसार निर्माण पक्षले २० करोड ५६ लाख रुपैयाँ लागतमा दुई  वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाउने सम्झौता भएको छ । सम्झौता अनुसार उपमहानगरको ३० र संघीय योजनाको ७० प्रतिशत लगानी रहनेछ ।

२० करोड ५६ लाखको लगानीमा हेटौंडा–९ को बेदखोल्सिमा ६ लाख लिटर, हेटौंडा–१५ पिसपार्कमा २ लाख लिटर र हेटौंडा–१४ मा २ लाख लिटरको खानेपानी टंकी निर्माण गरीने छ भने हेटौंडा–१४ मै २ वटा सामवेल बनाउने सम्झौतामा उल्लेख छ। योजना अनुसार हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले प्रयोगमा ल्याएको सामरीको समवेलको पानीलाई तीन करोड रुपैयाँ खर्चेर यहि योजनामा समाबेस नगर प्रमुख लामाले जानकारी दिइन् ।

उनले निर्माणको कामलाई गुणस्तरीय बनाउँदै नगरवासीलाई चाँडै खानेपानीको व्यवस्थापन मिलाउने गरि काम गर्न निर्माण पक्षलाई निर्देशन दिइन् ।