Read Time : > 3 मिनेट
प्रदेश ब्युरो
नयाँ पत्रिका
नयाँ पत्रिका
नयाँ पत्रिका
Invalid date format १२:o४:oo
- संघीय बजेट र नीति–कार्यक्रममा प्रधानमन्त्री र राष्ट्रपतिसँग जोडिएका परियोजनालाई नयाँ नाम दिइएको छ तर सातै प्रदेशका नीति–कार्यक्रममा महत्वाकांक्षी नारा राखेर जनमत बटुल्ने प्रयास गरिएको छ
मधेश प्रदेश सभामा आगामी आर्थिक वर्ष ०८२/८३ को नीति–कार्यक्रम शुक्रबार प्रस्तुत भएसँगै सातै प्रदेशले ल्याउने बजेटको फ्रेमवर्कबारे प्रस्ट भइसकको छ । नीति कार्यक्रममा लोकरिझ्याइँ नारा राख्न सबै प्रदेशले एक–अर्कासँग प्रतिस्पर्धा गरेका छन् ।
शुक्रबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेश सभामा पेस गरेको नीति–कार्यक्रममा कम्तीमा तीन दर्जन नारा समेटिएको छ । कोशीमा प्रदेश प्रमुख पर्शुराम खापुङले पेस गरेको नीति–कार्यक्रममा मुख्यमन्त्रीसँग जोडेरसमेत नारा राखिएको छ ।
१४ जेठमा बागमतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गरेको नीति–कार्यक्रममा पनि प्रशस्त नारा राखिएका छन् । ‘समृद्ध बागमती प्रदेश, सुखी प्रदेशवासी’ मूल नारा राखेर सार्वजनिक गरिएको नीति–कार्यक्रममा सबै क्षेत्रलाई समेटेर विभिन्न ‘स्लोगान’ दिइएको छ ।
२१ जेठमा गण्डकीमा र ५ जेठमा लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले पेस गरेको नीति–कार्यक्रममा कृषि उत्पादनलाई महत्व दिइएको छ । नजिर मियाँले १६ जेठमा सुदूरपश्चिममा र २१ जेठमा कर्णालीमा नीति–कार्यक्रम पेस गरेका थिए । सो नीति कार्यक्रममा सामाजिक, आर्थिक, भौतिक र मानवीय विकाससहितको समाजवादउन्मुख प्रणाली : सुशासन, सामाजिक न्याय र समृद्धियुक्त कर्णाली नारा समेटिएको छ ।
कोशी : स्वच्छ, सुखी र समुन्नत प्रदेश
- म अघि बढ्छु
- मेरो स्वास्थ्य, मेरो जिम्मेवारी
- खोज र खोप
- एक घर, एक धारा
- पदमार्गमा आधारित पर्यटन विकास
- कृषक सबैभन्दा अगाडि
मधेश : सुखी मधेशी
मुख्य नारा : आत्मनिर्भर र सुखी
- उत्पादन मधेशमा, विस्तार देशमा
- मधेशको सान, स्थानीय मखान
- आँपको बगैँचा, मधेशको समृद्धि
- बेटी जिन्दावाद
- खेली मधेश : जिती मधेश
- घुमौँ मधेश, बुझौँ मधेश
- चुरे जोगाऔँ, मधेश बचाऔँ
- श्रमिकलाई सवारी, घरघरमा रोजगारी
- मेरो स्वास्थ्य : मेरो जिम्मेवारी
- उद्यमशील महिला, समृद्ध मधेश
- किसानको बारी : स्वयंसेवकको छहारी
- हमर राजधानी, हमर सान : सौन्दर्यीकरण बनाऊ
- मुख्यमन्त्री बेटी पढाऔँ, बेटी बचाऔँ
बागमतीमा समेटिएका छन् तीन दर्जनभन्दा बढी नारा
मुख्य नारा : समृद्ध बागमती प्रदेश, सुखी प्रदेशवासी
- सडक र पुल : विकासको मूल
- गुणस्तरीय पूर्वाधार : दिगो विकासको आधार
- एकीकृत बस्ती, समृद्ध सहरको नीति
- एक वडा एक कृषि उत्पादन
- किसानको हात, सरकारको साथ
- कृषि रूपान्तरणको आधार : प्रविधि र पूर्वाधार
- संरक्षित जलाधार, समुन्नतिको आधार
- सबैतिर वन, स्वस्थ जीवन
- सबै नीतिमा स्वास्थ्य नीति
- एक जिल्ला, एक स्वस्थ सहर
- मेरो स्वास्थ्य, मेरो जिम्मेवारी : एक घण्टा, मेरो लागि
- एक स्वास्थ्य सेवा, एक ग्रामीण अल्ट्रासाउन्ड
- स्वास्थ्य तथा अनुशासनका लागि खेलकुद
- युवाको सर्वांगीण विकास, राष्ट्र निर्माणको आधार
- एक निर्वाचन क्षेत्र, एक बहुउद्देश्यीय खेलमैदान
- एक घर, एक धारा
- पहाडका गरा : सधैँ हराभरा
- खाद्य सुरक्षाका लागि उत्पादन, उत्पादनका लागि सिँचाइ
- गुणस्तरीय शिक्षा : सबैको इच्छा
- राेजगारीका लागि सिप : भविष्य सुनिश्चित
- आत्मनिर्भरताका लागि महिला सशक्तीकरण
- जहाँ उत्पादन, त्यहाँ रोजगारी
गण्डकी : आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी
- एक सामुदायिक वन : एक पोखरी
- पोखरा जाऔँ, प्रकृतिक र संस्कृतिसँग रमाऔँ
- राउन्ड फेवा, भ्यु फेवा
- पहिले घरदेश, अनि परदेश
- उद्यमी बनाैँ, स्वदेशमा के ही गरौँ
- सिक्दै कमाउँदै : कमाउँदै रमाउँदै
- मेरो प्रदेश मेरो दायित्व
- एक घर, एक धारा
- उज्यालो गण्डकी प्रदेश
- मुख्यमन्त्री नवप्रवर्द्धन साझेदारी,
- स्वतन्त्र प्रेस : समुन्नत गण्डकी प्रदेश
- मुख्यमन्त्री सार्वजनिक सुशासन फेलोसिप कार्यक्रम
लुम्बिनी : कृषिमा उत्पादकत्व वृद्धि : प्रदेशको समृद्धि
- घरदैलोमा प्राविधिक सेवा, व्यावसायिक कृषिजन्य उत्पादनमा टेवा
- स्वदेशी उत्पादनको उपयोग, समृद्ध प्रदेश निर्माणमा सहयोग
- नागरिकको योगदान : महिनाको एक दिन श्रमदान
- मोबाइल हातमा : यातायातको सेवा साथमा
- कृषकका गरा : सधैँ हराभरा
- स्वच्छ प्रदेश : स्वास्थ्य प्रदेश
- एक घर, एक धारा
- हरियालीसहितका सडक पूर्वाधार, सहरी सुन्दरताको आधार
- मेरो विद्यालय, मेरो दायित्व
- लुम्बिनीका महिला, उद्यमशीलतामा पहिला
- मानसिक स्वास्थ्यमा सुधार : स्वस्थ नागरिक लुम्बिनीको आधार
- मेरो स्वास्थ्य : मेरो जिम्मेवारी
कर्णाली : समृद्ध कर्णाली : सुखी कर्णालीवासी
- दिगो वन : समृद्धि जीवन एक गाउँ, एक व्यावसायिक फलफूल बगैँचा
- स्वास्थ्य माटो, स्वस्थ्य बाली, स्वस्थ जीवन
- व्यावसायिक र आत्मनिर्भर कृषिको आधार, कृषि स्रोत केन्द्रको विकास र विस्तार
- हप्ताको तीन बार, जाऔँ हाटबजार
- बसोवास गाउँमा, भविष्य आफ्नै ठाउँमा
- कर्णालीको जडीबुटी, प्रदेशको ढुकुटीसंसारको गन्तव्य नेपाल : नेपालको गन्तव्य कर्णाली
- हप्तामा एक दिन, किताबरहित शुक्रबार
- हामी सुधार्छौँ, हाम्रो विद्यालय
- मेरो स्वास्थ्य, मेरो कर्तव्य
- एक घर, एक धारा
- सेवाग्राहीमा लाइनमा होइन, अनलाइनमा
- सुरक्षित कार्य वातावरण, सार्वजनिक सेवामा समर्पण
- मुख्यमन्त्री नीति संवाद कार्यक्रम
सुदूरपश्चिम : गरौँ उत्पादन, राखौँ पहिचान
- मुख्यमन्त्री गरिबी निवारण तथा लघु उद्यम कार्यक्रम
- एक जिल्ला, एक उद्योग
- एक स्थानीय तह : दुई उत्पादन
- कृषकलाई टेवा : घरदैलोमा प्राविधिक सेवा
- अर्गानिक स्थानीय तह घोषणा
- एक जिल्ला, एक कृषिजन्य उद्योग
- सामुदायिक वन, प्रदेशको धन
- मुख्यमन्त्री स्वास्थ्य सुधार तथा पोषण सुरक्षा कार्यक्रम
- स्वास्थ्यमा प्रविधि : समृद्धिमा गति
- सबै आमाको हक : सुरक्षित गर्भ–सुरक्षित जीवन
- सानै छु म, बढ्न देऊ : बालविवाह होइन, पढ्न देऊ