
भिजिट भिसा प्रकरणमा थप रणनीति बनाउन विपक्षी दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दै छ । रास्वपा प्रमुख सचेतक सन्तोष परियारका अनुसार माओवादी अध्यक्ष प्रचण्डको अध्यक्षतामा विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादी, नेसपा, आजपालगायतको बैठक बस्न लागेको हो ।
विपक्षीहरूले भिजिट भिसा ठगीमा उच्चस्तरीय छानबिन समितिको माग गरेर संसद् अवरुद्व गर्दै आएका छन् । प्रतिनिधिसभाको बैठक १ बजे आह्वान गरिएको छ ।