१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ २३ शुक्रबार
  • Friday, 06 June, 2025
एजेन्सी मुम्बई
२o८२ जेठ २३ शुक्रबार १२:५१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

भारतको केन्द्रीय बैंकद्वारा वृद्धिलाई बढावा दिन अपेक्षाभन्दा बढी दर कटौती

Read Time : < 1 मिनेट
एजेन्सी, मुम्बई
नयाँ पत्रिका
२o८२ जेठ २३ शुक्रबार १२:५१:oo

भारतको केन्द्रीय बैंकले शुक्रबार सुस्त मुद्रास्फीति र अमेरिकी करको प्रभावको चिन्ताबिच आर्थिक वृद्धिलाई गति दिने आवश्यक रहेको भन्दै अपेक्षाभन्दा बढी ब्याजदर कटौती गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने मुख्य रेपो दरलाई ५० आधार अंकले घटाएर ५.५  प्रतिशतमा ल्याएको छ ।

अधिकांश विश्लेषकले २५ आधार अंकको कमीको अपेक्षा गरेका थिए । यो कटौती यसको लगातार तेस्रो थियो र मार्चमा समाप्त भएको आर्थिक वर्षमा भारतको अर्थतन्त्र चार वर्षको सबैभन्दा सुस्त गतिमा विस्तार भएको सरकारी तथ्यांकले देखाएको एक हप्तापछि आएको हो । जनवरी–मार्च त्रैमासिकले पुनरुत्थानका संकेतहरू देखाएको भए पनि पूर्वानुमानभन्दा राम्रो ७.४ प्रतिशत वार्षिक वृद्धिसहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापक भन्सार शुल्कले दृष्टिकोणमा जोखिम सिर्जना गरेको विश्लेषकहले बताएका छन् ।

मूल्यको चिन्तालाई कम गर्न आरबिआईलाई वृद्धिमा ध्यान केन्द्रित गर्न अनुमति दिएको छ । अप्रिलमा खुद्रा मुद्रास्फीति ६ वर्षको न्यून ३.१६ प्रतिशतमा झरेको छ । आरबिआईका गभर्नर सञ्जय मल्होत्राले मौद्रिक नीति समितिले वृद्धि गतिलाई बढावा दिन नीतिगत साधनहरूमार्फत ‘घरेलु उपभोग र लगानी’लाई उत्प्रेरणा दिन जारी राख्नु ‘अत्यावश्यक’ रहेको महसुस गरेको बताए।

आरबीआईले लगभग पाँच वर्षमा पहिलोपटक फेब्रुअरीमा दर कटौती गरेको थियो र त्यसपछि अप्रिलमा अर्को कटौती गरेको थियो । भारत सरकारले औसतभन्दा बढी मनसुनी वर्षाको पूर्वानुमान गरेको छ । यसले पर्यवेक्षकहरूका अनुसार विकासलाई मद्दत गर्नुपर्छ किनकि उच्च कृषि उत्पादनले ग्रामीण अर्थतन्त्रलाई सहयोग गर्नेछ र तरकारीको मूल्य स्थिर राख्नेछ । रासस/एएफपी

छुटाउनुभयो की ?