
पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा राख्न र बिक्री गर्न मन्त्रिपरिषदबाट अनुमति दिएको विषयमा पहिलोपटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई बिहीबार प्रतिवादी बनाएको हो ।
नेपाल नेतृत्वको मन्त्रिपरिषद्को बैठकले पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीलाई ६ चैत ०६६ मा जग्गा बिक्री गर्न पाउने अनुमति दिएको थियो । तर, नेता नेपालले भने आफूलाई ती निर्णयबारे स्मरण नभएको, तर कुनै गलत नगरेको बयानमा बताएका छन् ।
गत १७ चैतमा आयोगले उनीसँग बयान लिएको थियो । बयानमा उनले भनेका छन्– नियतपूर्वक अनुचित काम भएको छ भने सजाय भोग्न तयार छु ।
यस्तो छ उनको बयानको सारसंक्षेप–