
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.९९ अंकले घटेको छ । नेप्सेमा आज ७ अर्ब ९७ करोड आठ लाख ८६ हजार ६६३ हजार रुपैयाँको सेयर कारोबार हुँदा नेप्से घटेको हो ।
आज नेप्सेमा भएको सेयर कारोबारमा १५३ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ९४ वटा कम्पनीको सेयर मूल्य बढ्यो । त्यस्तै, एउटा कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
आज नेप्सेमा भएको रिभर फल्स पावर लिमिटेडको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै नाफा आर्जन गरे भने ओम मेगाश्री फर्मासिट्युकल्स कम्पनीको सेयर कारोबार गर्नेले सबैभन्दा धेरै गुमाए ।