१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 07 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंकले ल्यायो इबिएल भर्चुअल क्रेडिट कार्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

एभरेष्ट बैंकले ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सेवाको सुरुवात गरेको छ । डिजिटल भुक्तानीलाई सहज बनाउन ल्याइएको यो क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रयोग गर्न सकिनेछ । 

बैंकका ग्राहकले न्यूनतम जारी गरिएको मापदण्ड प्रयोग गरी उक्त सेवा लिन सक्नेछन् । सो सेवामार्फत न्यूनतम ५० हजारदेखि अधिकतम पाँच लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे, क्युआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन ट्रान्जेक्सन तथा कार्ड व्यवस्थापन कार्य सजिलै गर्न सक्ने बैंकले जनाएको छ ।

यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सक्ने सुविधा प्रदान गरिने बैंकको भनाइ छ । 

छुटाउनुभयो की ?