१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेदरल्यान्ड्सले नेपाललाई दियो २२६ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४२:oo

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेदरल्यान्ड्सले नेपाललाई २२६ रनको लक्ष्य दिएको छ। 

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डले टस जितेर ब्याटिङको निर्णय लिएका हुन्। ४९.१ ओभरमा अलआउट भएको नेदरल्यान्ड्सले २२५ रनकाे याेगफल बनाएको हो। 

स्कटल्यान्डको लागि स्कट एडवार्ड ४६ र नोआ क्रसले ४६ रन बनाए। विक्रमजित सिहके ३८, जाक लिओन क्याचेटले २७ रनको योगदान गरेका थिए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन तथा करण केसी, सन्दीप लामिछाने, लालित राजवंशीले समान दुई एक विकेट लिए।

पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल त्यो लयलाई निरन्तरता दिने सोचमा छ। यसैगरी, यो शृंखलाको पहिलो खेल खेल्दै गरेको नेदरल्यान्ड्स पनि सुखद् सुरुवातको लक्ष्यमा छ।

नेपाल र नेदरल्यान्ड्सबिच हालसम्म पाँच एकदविसीय अन्तर्राष्ट्रिय खेल भएका छन्। जसमा नेदरल्यान्ड्स तीन तथा नेपाल दुई खेलमा विजयी भएका छन्।

तालिका नेदरल्यान्ड्स २० खेलमा २६ अंकका साथ दोस्रो स्थानमा छ। नेपाल १३ खेलबाट आठ अंकका साथ सातौँ स्थानमा छ।
 

छुटाउनुभयो की ?