१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:२o:oo
Read Time : > 1 मिनेट
समाचार

सशस्त्र प्रहरीका आइजिपी जेनेभामा : विपतकाे सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यमा जोड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:२o:oo

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले विपतकाे सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकाले यसमा विश्व समुदायको सामूहिक प्रयास र अन्तरनिकाय समन्वयमा जोड दिएका छन् ।  स्विट्जरल्यान्डको जेनेभामा सञ्चालन भइरहेको विपत् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी प्लाटफर्मको आठौँ सत्रलाई मंगलबार सम्बोधन गर्दै अर्यालले विपतमा अन्तर्राष्ट्रिय सहकार्यका लागि जोड दिँदै दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पूरा गर्न एकैसाथ क्रियाशील हुनुपर्ने बताए।     

कार्यक्रममा उनले विपतकाे सामनाका लागि नेपालले गरिरहेका कामबारे पनि जानकारी गराएका छन्।  विपत् स्वयंसेवक तथा विपत् सूचकहरूको सञ्जालमार्फत विपतकाे पूर्वजानकारी लिनदेखि परिचालन, उद्धार एवं राहत कार्यलाई प्रभावकारी बनाउने प्रक्रिया अघि बढेको बताए।  

सशस्त्र प्रहरी बल नेपालको विपत् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपत् व्यवस्थापनसँग सम्बन्धित उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको उनले जानकारी दिए। समुदाय विपत् स्वयंसेवक तथा विपत् सूचकमार्फत भौगोलिक तथा विपतजन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपत् व्यवस्थापनमा सहकार्य तथा सहजता आउने भएकाले सशस्त्र प्रहरी बल नेपालले यस कार्यलाई उच्च प्राथमिकतामा राखेको अर्यालले उल्लेख गरे। 

यसप्रकारको सञ्जाल र सामुदायिक साझेदारीले विपतकाे पूर्वतयारी, व्यवस्थापन, उद्धार र राहतमा समेत स्थानीय समुदाय र सुरक्षाकर्मीबिचमा समन्वय हुने भएकाले यो कार्य विपतसँग जुध्नका लागि उपयोगी र प्रभावकारी हुने उनको भनाइ छ । महानिरीक्षक अर्यालले अन्तरनिकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान–प्रदान, युवा तथा समुदायलाई अग्रपंक्तिमा राखेर विपतकाे सामना गर्न सकिने भएकाले जलवायु परिवर्तनको संवेदनशीलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा संवादमार्फत विश्व संवादको थालनी गरेको विश्व समुदायनलाई जानकारी गराएका छन्। 

सम्बोधनको क्रममा उनले नेपाल प्राकृतिक विपतहरूको अग्रपंक्तिमा रहेकोेले यस्ता प्रकारका चुनौती सामना गर्न र विपत् जोखिम न्यूनीकरणका लागि दृढ प्रतिबद्ध रहेको बताए।   

विपतलाई व्यवस्थापनलाई अझै प्रभावकारी बनाउन ‘डिजास्टर गभर्मेन्ट्स’ राम्रो हुनुपर्ने र सेन्दाई फ्रेमवर्क, पेरिस सम्झौता र दिगो विकास लक्ष्यहरूको प्रतिज्ञा पूरा गर्न एकैसाथ क्रियाशील हुनुपर्ने र त्यसलाई पूरा गर्नका लागि नेपाल सरकार र सशस्त्र प्रहरी बल नेपाल अग्रसर र प्रतिबद्ध रहेकोसमेत अर्यालले बताएका छन्। 

नेपालले भूकम्प, बाढी, पहिरोे, चट्याङजस्ता प्रकोपहरूको सामना गरिरहेको जानकारी दिँदै होचो भू–भागदेखि अग्लो भू–भागसम्म हाम्रा सुरक्षाकर्मीले विपतमा गरेको अनुभव र कार्यकुशलता विश्वको जुनसुकै राष्ट्रमा पनि उपयोग हुने अर्यालको भनाइ थियो। कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडीलगायत सहभागी छन्। 
 

छुटाउनुभयो की ?