१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको दिवस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:२२:oo

आज निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघ महासभाले सन् १९८२ को अगस्ट १९ मा प्यालेस्टाइनसम्बन्धी आपतकालीन विशेष अधिवेशनमा इजरायलको आक्रमणका कारण प्यालेस्टाइन र लेबनानका बालबालिकामाथि परेको हिंसाबाट स्तब्ध हुँदै यस दिवस मनाउने निर्णय गरेको हो।

यस दिवसको उद्देश्य संसारभर बालबालिकाले भोग्नुपरेको शारीरिक, मानसिक तथा भावनात्मक पीडालाई सम्बोधन गर्नु र तिनीहरूको संरक्षण सुनिश्चित गर्नु हो । बाल अधिकारसम्बन्धी महासन्धिको मार्गदर्शनमा संयुक्त राष्ट्रसंघले बालबालिकाको अधिकारको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ । 

 आज पनि विश्वका कैयौँ बालबालिका द्वन्द्व, चरमपन्थी हिंसा, शोषण र दण्डहीनताबाट प्रभावित छन् । सन् २०१५ मा पारित २०३० का लागि दिगो विकास एजेन्डाले बालबालिकाको सुरक्षाका लागि स्पष्ट लक्ष्य तय गरेको छ । लक्ष्य १६.२ अन्तर्गत सबै प्रकारका हिंसा अन्त्य गर्ने, शोषण, उपेक्षा र दुर्व्यवहारविरुद्ध कठोर कदम चाल्ने योजना समेटिएको छ ।

छुटाउनुभयो की ?