१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 06 June, 2025
Invalid date format १२:४८:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

युक्रेनी आक्रमणपछि रुसद्वारा जापोरिजियामा बिजुली कटौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४८:oo

जापोरिजिया क्षेत्रको उत्तरपश्चिमी भागका विद्युत् स्टेसनहरूमा लक्षित गरी युक्रेनले आक्रमण गरेपछि रुसी अधिकारीहरूले मंगलबार यस क्षेत्रमा बिजुली कटौतीको घोषणा गरेका छन् । 

जापोरिजिया क्षेत्रका गभर्नर येवगेनी बालिट्स्कीले टेलिग्राममार्फत युक्रेनले गरेको आक्रमणले यस क्षेत्रको उच्च भोल्टेज स्टेसन क्षतिग्रस्त भएकाले विद्युत् कटौती गरिएको जनाएका छन् ।  उनले ऊर्जा मन्त्रालयलाई छिट्टै मर्मत गरी विद्युत् प्रवाह सुरु गर्न निर्देशन दिएका छन् ।   

दुई दिनअघि युक्रेनले रुसी हवाई अड्डाहरूमा ड्रोन आक्रमण गरेको घोषणा गरेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आधार शिविरमा गरिएको आक्रमणमा ११७ वटा ड्रोन प्रयोग गरिएको बताएका छन्।  

रुसी रक्षा मन्त्रालयले रुसी आर्कटिक र पूर्वी साइबेरियामा अवस्थित मरमेन्स्क र इर्कुत्स्क क्षेत्रमा ड्रोन प्रक्षेपण गरेपछि धेरै विमानहरूमा आगलागी भएको पुष्टि गरेको छ । मन्त्रालयले रुसको पूर्वमा चिनियाँ सीमानजिकैको इभानोभो, रियाजान र अमुर क्षेत्रका अन्य विमानस्थललाई लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेको छ ।  रासस/क्युएनए

छुटाउनुभयो की ?