
सिटिजन्स बैंक इन्टरनेसनल र पनौती, काभ्रेपलाञ्चोकस्थित डायमन्ड हिल रिसोर्टबिच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
जसअनुसार बैंकका कार्डवाहक, प्रिभिलेज कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले डायमन्ड हिल रिसोर्टमा १५ प्रतिशतको आकर्षक छुट पाउनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरण सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।
बैंकले देशभरिका ६१ जिल्लामा फैलिएका दुई सय शाखा, एक सय ६८ एटिएम, तीन विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ इकाइबाट १८ आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।