Skip This
मातृभूमि साहित्य महोत्सव सम्पन्न, सात स्रष्टा सम्मानित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
२o८२ जेठ १६ शुक्रबार १५:५६:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

मातृभूमि साहित्य महोत्सव सम्पन्न, सात स्रष्टा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १५:५६:oo

मकवानपुरको अग्रणी साहित्य संस्था मातृभूमि साहित्य समाज मकवानपुरको आयोजनामा भएको मातृभूमि साहित्य महोत्सव सम्पन्न भएको छ।

महोत्सवका अवसरमा साहित्य, संस्कृति, संगीत र कलालाई समर्पित विभिन्न कार्यक्रम भए। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने सातजना विशिष्ट व्यक्तिलाई सम्मान गरिएको छ।

महोत्सवअन्तर्गत २१ हजार राशिसहित मायादेवी मातृभूमि पुरस्कार काठमाडौंकी गीता रेग्मीलाई प्रदान गरिएको छ। यस्तै, १५ हजार राशिसहित राजकुमार स्मृति मातृभूमि सम्मान धरानका चन्द्र गुरुङ, क्षेत्रबहादुर स्मृति मातृभूमि सम्मान रौतहटका माधव काफ्ले र बलदेवी मातृभूमि छन्द साहित्य सम्मान सुदेश सत्याललाई प्रदान गरिएको मातृभूमि साहित्य समाज मकवानपुरका पूर्वअध्यक्षसमेत रहेका हयग्रिव आचार्यले जानकारी दिए।

उनका अनुसार १५ हजार राशिको मञ्जु सुवेदी स्मृति मातृभूमि सम्मान रजनी ज्ञवालीलाई, सात हजार पाँच सय राशिको झलकबहादुर बानियाँ स्मृति मातृभूमि जीवन संघर्ष प्रोत्साहन वृत्ति हेटौँडा– १८ स्थित कमला आधारभूत विद्यालयलाई प्रदान गरिएको छ। वरिष्ठ पत्रकार प्रताप विष्टलाई मातृभूमि पत्रकारिता दीर्घसेवा सम्मान प्रदान गरिएको छ।

कार्यक्रममा ‘हाम्रो नगर : पर्या–पर्यटन र संस्कृतिमा समृद्ध सहर’ शीर्षकमा बहस आयोजना गरिएको थियो। बहसमा हेटौँडा उपमहानगरपालिका– १० का अध्यक्ष फुर्वा दोर्जे लामा, नगरपालिकाका अधिकृत भीमप्रसाद तिमल्सिना र होटेल व्यवसायी भागीरथ शर्मा सहभागी थिए।

यसैगरी अधिवक्ता विशभ अधिकारीले प्रस्तुत  गरेको प्रतिलिपि अधिकारसम्बन्धी कार्यपत्रमाथि अधिवक्ता मदनकुमार दाहाल र अप्सरा बस्नेतले टिप्पणी गरेका थिए। महोत्सवअन्तर्गत ‘साहित्य, सिर्जना, संवाद र सञ्चार’ विषयमा पत्रकार रामकुमार एलनले कार्यपत्र प्रस्तुत गरेका थिए। उक्त कार्यपत्रमाथि वरिष्ठ पत्रकार प्रताप विष्ट र भावना सापकोटाले टिप्पणी गरे।

त्यस्तै, ‘कविता, जीवन र समाज’ शीर्षकको परिसंवादमा साहित्यकारहरू भूपिन, चन्द्र गुरुङ, सुदेश सत्याल, राधिका कल्पित र निमेष निखिलले सहभागिता जनाएका थिए। महोत्सवमा मकवानपुर र चितवनका साहित्यकारहरूले काव्य वाचन गरेका संयोजक आचार्यले बताए।