Skip This
‘ग्लोबल स्मार्ट प्लस’ एपबाट डलर कार्डमा लोड सुविधा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १६ शुक्रबार
  • Saturday, 31 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १६ शुक्रबार १o:५o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘ग्लोबल स्मार्ट प्लस’ एपबाट डलर कार्डमा लोड सुविधा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १६ शुक्रबार १o:५o:oo

ग्लोबल आइएमई बैंकले ‘ग्लोबल स्मार्ट प्लस’ एपमा फिचर थप गरेको छ । बैंकले मोबाइल एपमार्फत ई–कम डलर कार्डमा रियल टाइम लोड सुविधा उपलब्ध गराएको हो ।

योसँगै अन्तर्राष्ट्रिय अनलाइन किनमेल तथा सेवा खरिद गर्न अमेरिकी डलर आफ्नै मोबाइलबाट तुरुन्तै कार्डमा लोड गर्न सकिने भएको छ । भिसा ब्रान्डको यो कार्ड अन्तर्राष्ट्रिय कारोबारका लागि मान्य हुने बैंकले जनाएको छ ।

रियल टाइम लोड सुविधा उपलब्ध भएसँगै डलर कार्डमा रकम लोड गर्न शाखामा गइरहनुपर्ने झन्झट अन्त्य भएको छ । भर्चुअल कार्ड जारी गर्दा सेवाग्राहीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्छ भने नवीकरण शुल्क वार्षिक तीन सय रुपैयाँ तोकिएको छ । मोबाइल बैंकिङमार्फत टप–अप गर्दा भने कुनै शुल्क लाग्दैन ।

ई–कम डलर कार्डमार्फत वार्षिक अधिकतम पाँच सय डलरसम्म कारोबार गर्न सकिनेछ । सेवा लिन ग्राहकले ‘ग्लोबल स्मार्ट प्लस’ मोबाइल एप प्रयोग गरी सजिलै अनलाइन आवेदन दिन सक्नेछन् ।