१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
२o८२ जेठ १७ शनिबार १३:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली हात्तीको आक्रमणबाट एक किसानको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार १३:४२:oo

सप्तरीमा आज बिहान जंगली हात्तीको आक्रमणमा परी एक किसानको मृत्यु भएको छ ।

आक्रमणबाट कञ्चनरूप नगरपालिका–१२, धरमपुर टोलका ६६ वर्षीय दशरथ भनिने केदारबहादुर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार घरदेखि पाँच सय मिटर पश्चिममा रहेको मकैबारीमा विष्टलाई हात्तीले आक्रमण गरेको थियो। हात्तीको दाह्रा उनको शरीरमा गाडिएको स्थानीय स्थानीय लीलबहादुर मगरले बताए। बँदेललगायत जनावरबाट मकै जोगाउन विष्ट राति एक्लै खेतमा जाने र कहिलेकाहीँ खेतमा बनाएको टौवा (छाप्रो) मा नै सुत्ने गरेकामा आज हात्तीको आक्रमणमा परी मृत्यु भएको उनले जानकारी दिए । 

 'राति २ बजेतिर हात्ती कराएको आवाज आएको थियो, त्यति वेला नै विष्टलाई हात्तीले मारेको हुनुपर्छ। बिहान टौवानजिक भुइँमा लडेको देखेपछि प्रहरीमा खबर गरेका थियौँ,' मगरले भने।