
सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिन्डे नगरपालिका– ५ का २१ वर्षीय नवीन राना रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्लीबजारबाट बालुवासंंग्रही जाँदै गरेको भे.१ह ९९३० नम्बरको अटो र भे.१०प ८३८३ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकलको पछाडि सवार राना गम्भीर घाइते भएका थिए। घाइते रानाको उपचारका लागि भेरी अस्पताल नेपालगन्जमा पुर्याई चेकजाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए।
मोटरसाइकलचालक बनगाड कुपिन्डे नगरपालिका– ५ का २१ वर्षीय सविन रानाको नेसनल अर्थोपेडिक अस्पतालमा नेपालगन्जमा उपचार भइरहेको उनको भनाइ छ । ठोक्किएका अटो, अटोचालक र मोटरसाइकललाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।