
सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ का लागि शिक्षा क्षेत्रमा दुई खर्ब ११ अर्ब बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिक्षा क्षेत्रमा सो बजेट विनियोजन गरेको जानकारी दिए।
बजेटमा आफ्नो भविष्य आफैँ निर्माण, आधुनिक र एक विद्यालय पर्ने गरी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, प्रतिविद्यालय २५ लाख अनुदान दिने, विद्यालयको पूर्ण नक्सांकन गर्ने, विद्यालय गाभ्ने, शिक्षक दरबन्दी पुनरावलोकन गरिने, शिक्षकलाई तालिम दिनेलगायतका विषय समेटिएका छन्।
यसैगरी, विद्यालय शिक्षा सुधार गर्ने, सफल अभ्यासको सिकाइ, दुई अर्ब ७५ करोड रुपैयाँको छात्रवृत्ति दिने, माध्यमिक शिक्षा परीक्षा प्रदेश तहबाट गर्ने, कक्षा पाँचसम्मका लागि १० अर्ब रुपैयाँसम्मको दिवाखाजा दिनेलगायत कार्यक्रमका लागि बजेट छुट्याइएको छ।