
सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आगामी आवका लागि १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठक आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उक्त मन्त्रालयअन्तर्गतका काम गर्न उक्त बजेट छुट्याइएको हो ।