१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १७ शनिबार
  • Sunday, 01 June, 2025
गणेश लम्साल विराटनगर
२o८२ जेठ १७ शनिबार १o:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसियन हाइवेको डाइभर्सन बगाएपछि वैकल्पिक बाटोबाट काकडभिट्टामा सवारी संचालन 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ जेठ १७ शनिबार १o:२८:oo

अविरल वर्षाको बाढीले झापाको काकडभिट्टमा पुर्वपश्चिम निमार्णाधिन एसियन हाइवेको डाइभर्सन बगाएपछि ठप्प भएको सवारी अवागमन वैकल्पिक बाटो प्रयोग गरेर पुर्वपश्चिम सवारी साधन संचालन हुन थालेको छ । 

१७ जेठ  बिहान परेको अविरल बर्षाले झापा मेचीनगर नगरपालिका ६ कालिखोलास्थित पुर्वपश्चिम राजमार्गमा निर्माण भइरहेको  एसियन हाईवेको डाइर्भसन बगाएर अवागमन पुर्ण ठप्प भएपछि हाल  वैकल्पिक बाटो प्रयोग गरेर सवारी सधान संचालन हुन थालेका हुन् । 

कोशी प्रदेश प्रहरी विराटनगरले जनाए अनुसार इलाका प्रहरी कार्यालय काँकरभीट्टाबाट खटिएको प्रहरी टोलिले  हाईवेमा चल्ने सम्पुर्ण सवारी साधन सोही स्थानको पश्चिम साइड कालिखोला हँुदै शान्तिगाँउ, वडा कार्यालय हुदै काँकरभिट्टा  बसपार्कमा आउने वैकल्पिक वाटो प्रयोग गरेर सवारी साधन सुचारु भएका छन् । 

शनिबार बिहान  परेको अविरल वर्षाले बाढी एसियन हाइवेअन्तर्गत रहेको कालिखोलाको डाईभर्सन बगाएकोले पुर्वपश्चिम राजमार्ग पुर्ण रुपमा अवरोध भएको थियो।