
सरकारले खाद्यान्न, तरकारी, मासु तथा दुग्धजन्य पदार्थ बजारमा बिक्री गर्नुअघि अनिवार्य गुणस्तर परीक्षण गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट प्रस्तुत गर्दै गुणस्तर तथा विषादी परीक्षण गरिने व्यवस्था मिलाउने बताएका हुन्।
‘थोक बजार केन्द्रमा द्रुत विषादी परीक्षण विधिबाट ताजा तरकारी र फलफूलमा विषादी अवशेष परीक्षण गरी अखाद्य देखिएमा तत्काल नष्ट गरिनेछ,’ उनले भने।
विषादी परीक्षणका लागि थप जनशक्ति र मोबाइल टोली परिचालन गर्न आवश्यक बजेट विनियोजन गरिएको पनि उनले बताए।