१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 25 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:१३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

यस्तो प्रत्यारोपण संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिन्छ

नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएकाे छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण गरिएकाे हाे । नेपाली विज्ञहरूबाटै एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण गरिएको याे पहिलाे प्रत्यारोपण हाे ।

एक जनामा मिर्गौला र कलेजो प्रत्यारोपण गरिएको छ भने अर्का एक जनामा मिर्गौला मात्र प्रत्यारोपण गरिएको छ । प्रत्यारोपित दुवै व्यक्तिले स्वास्थ्य लाभ गरिरहेका छन् ।  उनीहरू केही दिनमै डिस्चार्ज हुने तयारीमा छन् । यस्तो प्रत्यारोपण संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिन्छ।

प्रत्यारोपण शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको हो । उक्त  प्रत्यारोपण टिममा कलेजोतर्फ डा. रोशन घिमिरे र डा. प्रवीण महर्जनले सघाएका थिए भने मिर्गौलातर्फ डा. दिपेश श्रेष्ठ, डा. रुपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारी र डा. विकास खड्‌का थिए ।

यसैगरी एनेस्थेसिया तथा क्रिटिकल केयर विभागबाट डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठलगायतले सहयोग गरेका थिए । यसैगरी नेफ्रोलोजी विभागबाट डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्य, डा. सन्तोष सुवेदी र डा. वीक्रमवीर बज्राचार्य सहभागी थिए ।

यस्तै रेडियोलोजी विभागबाट डा. कृष्ण बुढाथोकी डा. जस्मिन जोशी, डा. हितेश रायमाझी, डा. सुधीर जोशी र डा. जी एलिन सहभागी थिए । प्याथोलोजी विभागबाट डा. सविना श्रेष्ठ, डा. सुस्मिता घिमिरे सहभागी थिए । यसैगरी ट्रान्सप्लान्ट कोर्डिनेटर विभागबाट डा. बादल महर्जन, तारा साँध, सरु कोजु, बन्दना खत्रीले समन्वय गरेका थिए ।

नर्सिङ विभागबाट निर्देशक पूजा कोइराला, इन्चार्जहरू अस्मिता कटुवाल, बबिता लवजू, अनिता कार्की, मीना खर्बुजा, एलिसा श्रेष्ठको टिमले सघाएको थियो । फोकल पर्सन गौरव पन्थ तथा रामचन्द्र पौडेलले व्यवस्थापकीय जिम्मेवारी निभाएका थिए ।

काठमाडौं मेडिकल कलेज, सिनामंगल, काठमाडौंमा मस्तिष्क मृत्यु भएका १८ वर्षीय युवकबाट दुई मिर्गौला र एक कलेजो प्राप्त भएको थियो । उक्त अंगदान कार्य सफल गर्नका लागि सोही अस्पतालका सञ्चालक सुनील शर्मा, सर्जन डा. रोशन घिमिरे, नेफ्रोलोजिस्ट डा. सुरेश महर्जन, एनेस्थेसियोलोजिस्ट डा. विजय केसी, पोस्टमार्टम विशेषज्ञ डा. आहना श्रेष्ठलगायतबाट सकारात्मक सहयोग प्राप्त भएको थियो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री  प्रदीप पौडेलले मस्तिष्क मृत्युपश्चात् हुने अंगदानजस्तो पवित्र कार्यलाई थप प्रोत्साहान गर्न अंगदाताको परिवारलाई आर्थिक सहयोग वृद्धि गरी दुई लाख तथा अंगदाता अस्पताललाई ७५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।