१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ११ आइतबार
  • Sunday, 25 May, 2025
२o८२ जेठ ११ आइतबार ११:४३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नारायणी नदीमा माछा मार्न गएका दराई मृत फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ११ आइतबार ११:४३:oo

नारायणी नदीमा माछा मार्न गएका नवलपुरको गैँडाकोट नगरपालिका- ७ निवासी ४० वर्षीय यमलाल दराई मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शुक्रबार राति दुईजना साथीसँग गैँडाकोट- ९ थुम्सीस्थित नारायणी नदीमा माछा मार्न गएका थिए ।

माछा मार्न गएका दराई नदीले बगाई शुक्रबार राति नै बेपत्ता भएका थिए । उनको खोजी गर्ने क्रममा आइतबार बिहान ९ बजेतिर थुम्सीनजिकै नारायणी नदी किनारमा शव फेला परेको हो ।

उनको शव आवश्यक मुचुल्का तयार पारी पोस्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीसँग माछा मार्न गएका अन्य साथीहरू भने सुरक्षित रहेका छन् ।