१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:१७:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीमाथि बालेनको प्रहारः सरी केपी ओली, तपाईंको भ्रष्ट सिस्टमलाई समर्थन गर्न सक्दिनँ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:१७:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन(बालेन्द्र) शाहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारीको नाइके भएको आरोप लगाएका छन्। प्रधानमन्त्रीलगायतले भ्रष्टाचारी जोगाउन लागिपरेकाले आफू गणतन्त्र दिवस मनाउन मूल समारोह समितिको बैठकमा नगएको उनको प्रस्टीकरण छ। 

सोमबार उनले फेसबुकमा लेखेका छन्– जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टचारी जोगाउँछु भन्छ । त्यसको नाइकेको कार्यक्रममा म गैदिनुपर्ने? सरी केपी ओली, आई डन्ट सपोर्ट योर करप्ट सिस्टम।’ 

कार्यक्रममा उपस्थित नभएको भन्दै प्रधानमन्त्री केपी ओलीले अर्कोपटकदेखि काठमाडौं महानगरपालिकाका मेयर शाहलाई बैठकमा नबोलाउन र मूल समारोह समिति नाम नराख्न निर्देशन दिएका थिए। सोही विषयलाई लिएर बालेनको यस्तो प्रतिक्रिया दिएको उनीनिकट स्रोत बताउँछ। 

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले मेयर शाह यस्ता किसिमका कार्यक्रममा पटक-पटक उपस्थित नभएको भन्दै अब कार्यक्रम हुँदा नाम नराख्न र नबोलाउन गृह मन्त्रालयलगायत निकायलाई निर्देशन दिएका हुन्।