१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार १३:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

थाइल्यान्डबाट गाँजा लिएर आएका दुई भारतीय विमानस्थलमा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १३:२९:oo

थाइल्यान्डबाट गाँजा लिएर आएका दुई भारतीय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । एक पुरुष र एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

२७ वर्षीय अरुण पलाथिनगल सोमन एक किलो पाँच सय ग्राम गाँजासहित शुक्रबार राति पक्राउ परेका हुन्। नेपाल एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई जाँच गर्ने क्रममा  सुटकेसमा गाँजा फेला परेपछि  पक्राउ गरेको प्रहरीले जनाएको छ । 

त्यस्तै, ३५ वर्षीया सुमैया मेहबुब शेख चार किलो २१५ ग्राम गाँजासहित पक्राउ परेकी छिन् । उनलाई विमानस्थलको पार्किङ एरियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। 
थाई एयरवेजको उडानद्वारा बैंककबाट काठमाडौं आएकी उनलाई जाँच गर्ने क्रममा उनको सुटकेसबाट उक्त वस्तु फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई प्रहरीले थप अनुसन्धान र कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो पठाइएको छ ।

थाइल्यान्डबाट गाँजा लिएर नेपाल आउने भारतीयहरू यसअघि पनि बारम्बार पक्राउ पर्दै आएका छन् । थाइल्यान्डमा गाँजा वैध भएकाले नेपाल हुँदै उनीहरूले भारत तस्करी गर्न खोजेको आशंका गरिएको छ ।