
सेन्ट्रल फाइनान्सको २८औँ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । सभाले गत आवको सञ्चालक समिति तथा लेखा परीक्षकको प्रतिवेदन पारित गरेको छ भने चालू आवका लागि लेखा परीक्षक नियुक्त पनि गरेको छ ।
२८ वर्षदेखि फाइनान्सले देशभरका १९ शाखा र एक एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आइरहेको छ । त्यसैगरी, फाइनान्सले सेन्ट्रल स्मार्ट मोबाइल बैंकिङ एप, एटिएम डेबिट कार्ड, चेक क्लियरिङ, आइपिएस, कनेक्ट आइपिएस, कर्पोरेट पे, रेमिट्यान्स सेवा, सी–आस्बाजस्ता आधुनिक बैंकिङ सेवासमेत प्रदान गर्दै आएको छ ।
हाल यसको चुक्ता पुँजी ९४ करोड ८८ लाख ७५ हजार रुपैयाँ छ भने निक्षेप सात अर्ब ३६ करोड र कर्जा चार अर्ब ८९ करोड रुपैयाँ रहेको छ ।