१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
२o८२ जेठ ५ सोमबार ११:१३:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक आजदेखि, संसद् अवरुद्ध पार्ने तयारीमा प्रतिपक्ष 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार ११:१३:oo

बागमती प्रदेश सभाको सोह्रौँ अधिवेशनअन्तर्गत पहिलो बैठक आज बस्दै छ। प्रदेश सभा सचिवालयका अनुसार अधिवेशनको प्रारम्भिक दिन विशेष समयको कार्यसूची राखिएको छ। उक्त समयमा विभिन्न दलका नेताहरूले शुभकामना मन्तव्य दिनेछन्। बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्रीले चलचित्रसम्बन्धी विधेयक पेस गर्ने र संसदीय समितिबाट पारित चारवटा विधेयकको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि तय गरिएको छ। सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार विधेयक पेसको प्रक्रिया आजैबाट सुरु हुनेछ।

तर, बैठक सञ्चालन हुनेमा भने अन्योल देखिएको छ। आइतबार सम्पन्न करिब तीन घण्टा लामो सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने रणनीति तय गरेका छन्। विपक्षीहरू सरकारसँग विगतका सहमतिहरू कार्यान्वयन नभएको र पछिल्ला राजनीतिक घटनाक्रममा स्पष्ट जवाफ नआएको भन्दै आक्रोशित छन्।

माओवादी केन्द्र बागमतीका प्रमुख सचेतक रत्नप्रसाद ढकालले भने, ‘सरकारले हिउँदे अधिवेशन आह्वान त गर्‍यो, तर संसद् चलाउन नदिएको स्थिति आयो। सहमतिहरू कार्यान्वयन छैनन्, सरकारको जवाफ जिम्मेवारपूर्ण छैन, यस्तो अवस्थामा संसद् कसरी चल्ने ?’ राप्रपा बागमती संसदीय दलका नेता उद्धव थापाले पनि सरकारले एकलौटी ढंगले निर्णय लिएको आरोप लगाउँदै अहिलेको अवस्थामा संसद् सञ्चालन सम्भव नरहेको बताए।

सर्वदलीय बैठकमा सहमति जुटाउन असफल भएपछि मुख्यमन्त्री लामाले विपक्षी दलका नेताहरूसँग छुट्टाछुट्टै संवाद सुरु गरेका छन्। 
तर, औपचारिक सहमतिविना बैठक अगाडि बढाउन कठिन हुने देखिएको छ। सरकारले भने संसदलाई अगाडि बढाउने प्रयास गरिरहेको बताएको छ। शुभकामना मन्तव्यपछि अन्य कार्यसूची अघि बढ्न नसक्ने अवस्था रहन सक्ने सम्भावना उच्च रहेको प्रदेश सभा स्रोतले जनाएको छ।