
नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले विभिन्न ठाउँमा फ्री सर्भिस क्याम्प कार्यक्रम सम्पन्न गरेको छ । होन्डाका ग्राहकलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रम विराटनगर, धरान, इटहरी, दमक बिर्तामोडलगायतका सहरमा गरिएको थियो ।
तीनदिने उक्त कार्यक्रममा विराटनगरस्थित होन्डा अथोराइज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा फ्री सर्भिस क्याम्प र होन्डा इलेभेट गाडीको टेस्ट ड्राइभ गरिएको बताइएको छ ।
कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टस्मा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत छुट र एचडिएस स्क्यानको सुविधा दिएको थियो । साथै, २००१ देखि २०१४ मोडेलसम्मका कम्पनीले तोकेका गाडीमा होन्डा सेफ्टी रिकलअन्तर्गत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको कम्पनीको भनाइ छ ।