१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार १o:३४:oo
Read Time : < 1 मिनेट
समाचार

नेपाल प्रहरीकी असइ कुन्जोङद्वारा सगरमाथा आरोहण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १o:३४:oo

नेपाल प्रहरीकी सहायक निरीक्षक (असइ) कुन्जोङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन्। सोमबार बिहान ८ः५६ मा उनले सगरमाथाको आरोहण गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

असइ शेर्पालाई प्रहरी महानिरीक्षक दीपक थापाले गत २५ चैतमा शुभकामना ब्यानर हस्तान्तरण गरेका थिए। लैंगिक हिंसाविरुद्धको नारासहितको ब्यानर लिएर उनले सगरमाथा आरोहण गरेकी हुन्। असइ शेर्पा प्रहरीको साइबर ब्युरोमा कार्यरत छिन्।