१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ५ सोमबार
  • Monday, 19 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ ५ सोमबार १o:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ओमोडा एन्ड जेइकोको प्रि–बजेट एक्सचेन्ज अफर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ ५ सोमबार १o:२८:oo

ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स प्रालिले ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ योजना सार्वजनिक गरेको छ । यो योजना ४ देखि १० जेठसम्म ओमोडा ई–फाइभ र जेइको जे–सिक्स मोडेलमा लागू हुने कम्पनीले जनाएको छ ।

यो विशेष योजना विद्युतीय गाडीको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गरिएको बताइएको छ ।‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’अन्तर्गत ग्राहकले विभिन्न फाइदा लिन सक्नेछन्, जसमा निःशुल्क वर्षको बिमा, एउटा निःशुल्क सात किलोवाटको चार्जर र ब्याट्री तथा मोटरमा आठ वर्ष वा एक लाख ६० हजार किमिको वारेन्टी समावेश रहेको छ । 

त्यस्तै, ८० प्रतिशत फाइनान्सिङसहित ५५ लाख ९९ हजारबाट सुरm हुने गाडीको डेलिभरि जेठ ३१ अघि नै निश्चित गर्ने ग्राहकका लागि उत्साहजनक पुरस्कारको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 जसअनुसार गाडी डेलिभरि गरिएकामध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमणका साथै अर्को एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी, पाँच भाग्यशाली जोडीले लक्जरी स्टेकेसन र दुईजनाले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् । यो योजनाले इभी गाडीमा लागत बढ्नुअघि नै विशेष लाभसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्नेछ ।